दफा १३
नियमित, नियन्त्रण र निषेध गर्न सक्ने :

(१) परिषद्ले समय समयमा स्पष्ट रूपले सार्वजनिक रूपमा सूचना प्रकाशन गरी बृहत्तर जनकपुर क्षेत्रभित्र देहायका काम कुराहरू आवश्यकतानुसार नियमित, नियन्त्रण वा निषेध गर्न सक्नेछ र त्यसरी नियमित, नियन्त्रण वा निषेध गरिएका काम कुराहरू परिषद्को पूर्व स्वीकृति बिना कसैले गर्न गराउन हुँदैन ।
(क) प्राकृतिक सम्पदा, वनस्पति, वन जंगल जीवजन्तु, पुरातात्विक धार्मिक, ऐतिहासिक स्थलहरू र आवादी तथा पर्ति जग्गाहरू एवं अचल सम्पत्तिको उपभोग र प्रयोग गर्न ।

(ख) परिषद्ले तोकेको कुनै धार्मिक क्षेत्रभित्र कुनै प्रकारको वस्ती बसाउन, बसोबास गर्न, आवास बनाउन, मनोरन्जन गर्न, हाट बजार, उद्योग आदि राख्न, बसाउन वा स्थापना गर्न ।

(ग) प्राकृतिक सौन्दर्य, पर्यटनस्थल र जनसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पर्ने वा कुनै प्रकारले वातावरण दुषित हुने काम गर्न ।

(घ) बाटोघाटो, पुल र त्यसमा प्रयोग हुने यातायातको साधन, बृक्षारोपण, पानी, बत्ती आदि प्रयोग गर्ने ।

(ङ) ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्वका मन्दिर, सरोबर वा अन्य स्थानहरूको पहिचान, खोजी र अनुसन्धान गर्न ।

(च) धार्मिक वा पुरातात्विक स्थलहरूमा सवारी साधनको आवागमन गर्न, विज्ञापनको लागि प्रयोग गर्न, चलचित्र छायाङ्कन गर्न छायाँचित्र लिन र बेच्न, पोष्टर वा तस्वीर टाँस्न, कुनैकिसिमको मेला सञ्चालन गर्न कुनै उपभोग्य वस्तुको बेचविखन वा प्रचार प्रसार गर्न ।

(२) उपदफा (१) को प्रयोजनको लागि परिषद्ले स्वीकृति दिंदा आंशिक वा पूरा रूपले स्वीकृति दिन वा नदिन वा स्वीकृति दिंदा आवश्यक निर्देशन वा शर्त समेत तोकिदिन सक्नेछ ।

(३) उपदफा (१) अन्तर्गत परिषद्ले नियमित नियन्त्रण वा निषेध गरेका काम कुराहरू कसैले परिषद्को पूर्व स्वीकृति विना गरेमा वा परिषद्ले स्वीकृति दिंदा कुनै शर्त तोकिदिएको भए त्यस्तो शर्त विपरित हुने गरी गरेमा परिषद्ले त्यस्तो काम तत्काल रोक्ने आदेश दिने सक्नेछ र त्यस्तोकामको सिलसिलामा कुनै निर्माण गरेको रहेछ भने परिषद्ले पेंतीस दिनको म्याद दिई सम्बन्धित व्यक्तिलाई त्यसरी स्वीकृति विना वा शर्त विपरीत निर्माण गरेको जति भाग भत्काउन वा हटाउन आदेश दिन सक्नेछ ।